चितवन विशेष

नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा

Banner

चितवन, असार २५-

जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।

अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको हो ।

दुई हप्ता अघिदेखि भाषा अध्यापन गराउँदै आएको बान्जाईको आज बिहान भरतपुर–३ का वडाध्यक्ष विकास थापाले उद्घाटन गरेका हुन् । बान्जाईको उद्घाटनका क्रममा थापाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर त्यहाँको सांस्कृतिक र भौगोलिक विषयबारे जानकारी गराउँदै वैदेशिक अध्ययनमा पठाउनुपर्ने बताए । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्ने भन्दै वडाध्यक्ष थापाले काम गर्न जाने व्यक्ति भाषासँगै सीप सिकेर जानुपर्ने विचार राखे ।

सीप र भाषा दुवै जानेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी हुने थापाको भनाइ थियो । जापानमा भाषा अध्ययन गरेर लामो समय बसेका दुई जना व्यक्तिले बान्जाई सञ्चालन गरेका हुन् । उद्घाटनका क्रममा बान्जाईका प्रबन्ध निर्देशक ऋषि कँडेलले आफू जापानमा भाषा अध्ययन गर्न गएर त्यहाँ ६ वर्ष बस्दा सिकेको व्यवहारिक तथा कानुनी विषयमा विद्यार्थीहरुलाई अध्ययन गराइने बताए ।
‘विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ’ उनले भने, ‘हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ ।’ पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सचेत भएर आफूहरुले बान्जाई सञ्चालनमा ल्याएको कँडेलको भनाइ छ । अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बान्जाईमा निःशुल्क रुपमा अडियो, भिडियोको माध्यमबाट भाषा अध्ययन गराइने उल्लेख गर्दै कँडेले विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलब्ध गराइने बताए ।
‘बान्जाईको ओपनिङका अवसरमा जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा शुल्कमा २० प्रतिशतसम्म छुट प्रदान गरेका छौँ’ उनले भने, ‘टाढाबाट आउने विद्यार्थीका लागि सधैँ विशेष छुट प्रदान गर्नेछौँ ।’ भाषा अध्ययन गरिरहेका विद्यार्थीलाई साप्ताहिक रुपमा परीक्षा लिँदै उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेसमेत उनको भनाइ छ । एउटा कक्षामा बढीमा १८ जना विद्यार्थी राखेर भाषा कक्षा अध्ययन गराइने भन्दै कँडेलले एउटा कक्षा दुई घण्टाको हुने जानकारी दिए ।

कार्यक्रममा बान्जाईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उन्नती भुसालले आफू विसं २०५९ मा जापान गएर १० वर्ष अध्ययन गरेर फर्किएपछि शैक्षिक बान्जाई सञ्चालनमा ल्याएको बताइन् । भुसालले जापान बस्दा अध्ययन गरेका विषयवस्तुसहित त्यहाँका कानुनी तथा सांस्कृतिक विषय समेटेर पुस्तक प्रकाशित गरेकी छन् । ‘जापान जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने भाषासम्बन्धी सबै ज्ञान पुस्तकमा समावेश गरेको छु’ उनले भने, ‘हामीले सिधै जापानका स्कुलसँग सहकार्य गरेर विद्यार्थी भिषामा यहाँबाट विद्यार्थीहरु पठाउँछौँ ।’

जापान अध्ययन गर्न जानका लागि कम्तीमा पनि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने भन्दै उनले अध्ययन ग्याप आठ वर्षसम्म हुनेलाई जापान पठाउन सकिने बताए । ‘जापान जानका लागि भाषा महत्वपूर्ण हो, भाषामा निपूर्ण भएपछि एजुकेशन ग्यापलाई त हामी मिलाएर पठाउँछौँ’ उनले भने । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>