चितवन विशेष

भरतपुरको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय राष्ट्रिय पुरस्कारबाट सम्मानित

Banner

चितवन, असार २४-

भरतपुर महानगरपालिका–१ वागिश्वरीमा रहेको योगी नरहिरनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार– २०७९ ले सम्मानित गरिएको छ ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस– २०८० को सन्दर्भ पारेर काठमाडौँमा प्राकृतिक स्वास्थ्य संस्थाद्वारा आयोजित एक समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

पूर्वउपप्रधान मन्त्री प्रकाशमान सिंहले सो पुरस्कार प्रदान गरेका हुन् । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा विगत ८ वर्षदेखि वागिश्वरीमा सञ्चालित उक्त पुरस्कृत चिकित्सालय बिगत ८ वर्षदेखि योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा जनसेवामा संलग्न रहँदै आएको छ ।
बिगत ८ वर्षदेखि योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा जनसेवामा समर्पित यस संस्थाले कोभिड महामारीका समयमा पनि ५१२ जना कोभिड संक्रमितहरुलाई समेत शत प्रतिशत परिणाम दिन सफल भएको थियो । स्थापनाको छोटो समयमानै राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन सफल यस चिकित्सालयलाई जटिलतम् रोगहरुको उपचार प्रभावकारी रुपमा गर्दै आएको, कोभिड महामारीका क्रममा कोभिड संक्रमितहरुलाई समेत शतप्रतिशत परिणाम दिन सफल भएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

योग तथा प्राकृतिक चिकित्साका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न व्याक्ति एवम् संस्थाहरुलाई प्रदान गरिने उक्त पुरस्कारको स्थापना प्राकृतिक स्वास्थ्य संस्थाले गरेको हो । प्राकृतिक स्वास्थ्य संस्था देशकै अग्रणी प्राकृतिक चिकित्सालय प्राकृतिक स्वास्थ्य अस्पतालको सञ्चालक संस्था हो । बिगत ३० वर्ष देखि योग, प्राकृतिक चिकित्सा जडिबुटी चिकित्सा जिवनशैली चिकित्सालगायतका विधाहरुको माध्यमद्वारा स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।

कार्यक्रममा पूर्वउपप्रधान मन्त्री प्रकाशमान सिंहले यस प्रकारको पुरस्कार स्थापना गरेर प्राकृतिक स्वास्थ्य संस्थाले सराहनिय कार्य गरेको बताउँदै पुरस्कृत सबैलाई बधाई दिए । कार्यक्रममा बद्रीविक्रम थापा राष्ट्रिय योग पुरस्कार– ७८, प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार– २०७८ र बद्री विक्रम थापा राष्ट्रिय योग पुरस्कार– ७९ को पनि समर्पण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>