Breaking News

भरतपुरको बाइपास रोड विस्तारमा चरम लापरबाही, झरीमा गरेको पिच उप्कियो

Banner

चितवन, असार २०–

भरतपुरमा असारे विकासले तीव्रता लिएको छ । पानी परिरहेका बेला बाइपास रोडमा कालोपत्रे (पिच) गरेर ठेकेदारले चरम लापरबाही गरेको स्थानीयको गुनासो छ । बाइपास रोडको नहर चोकमा मंगलबार पानी पर्दापर्दै कालोपत्रे गरिएको र उक्त हातले सजिलै उप्किएको स्थानीयको आरोप छ ।

हिउँदभरी विभिन्न बहाना बनाएर बसेको ठेकेदार कम्पनीले असार लागेपछि कामलाई तीव्रता दिएको हो । असारमा पानी पर्छ भन्ने जान्दा जान्दै पनि ठेकेदारले असार कुरेर बसेको र ठेक्काको म्याद सकिन केहि दिन मात्रै बाँकी रहँदा भुक्तानी लिनकै लागि पानी परिरहेका बेला कालोपत्रे गरिएको स्थानीयको भनाइ छ ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले मंगलबार काम गर्दा गर्दै अचानक पानी परेको बताए । कालोपत्रे ‘सेट’ हुन कम्तिमा २४ घण्टा लाग्ने भन्दै उनले स्थानीयले तुरुन्तै कालोपत्रे उप्काएको बताए । ‘काम गर्दा गर्दै पानी आयो । ल्याइसकेको माल त हालिदिन पर्‍यो । त्यसलाई सेट हुन २४ घण्टा लाग्छ’, उनी भन्छन्, ‘तातैमा ले गरिएको थियो । उतिखेरै निकालेपछि त हातले निकाल्न सकिन्छ नि ।’

प्राविधिक जाँच गर्न बाँकी नै रहेकाले कुनै कमजोरी देखिए सच्याउन सकिने उनले बताए । बाइपास रोडको विशाल चोक–आँपटारी खण्ड र विशाल चोकदेखि केन्द्रिय बसपार्क चोक सम्मको दुवैतर्फ एक/एक लेन थप गरी कालोपत्रे गर्ने जिम्मा रायमाझी–पशुपती जेभीले पाएको हो ।
२६ करोड ६ लाख ६६ हजार ७५३ रुपैयाँ लागमा उक्त काम गर्न ठेकेदार कम्पनीसँग २०७७ असार २६ गते सम्झौता भएको थियो।

सुरुमा २०७८ फागुन २० गते भित्र काम सक्ने सम्झौता थियो । तर, पछि म्याद थप गरेर २०८० असार मसान्तसम्म पु¥याइयो । असार मसान्तसम्म पनि ठेकेदारले काम नसक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>