समाचार

निजामती कर्मचारीका छोराछोरीलाई १७ करोड ८१ लाख बाँड्दै सरकार

Banner

काठमाडौं, असार १९–

सरकारले निजामती कर्मचारीका सन्ततिलाई १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपैयाँ बाँड्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्नातक तहमा पढ्ने विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम बाँड्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार स्नातक तहमा पढ्ने कूल ६ सय ८७ जना विद्यार्थीलाई उक्त रकम बाँड्न लागिएको हो । जसमा चिकित्साशास्त्रका १४४ जनालाई ७ करोड १७ लाख, स्वास्थ्य विज्ञान संकायका २९ जनालाई ६४ लाख ८० हजार, इन्जिनियरिङ संकायका २२९ जनालाई ५ करोड ६९ लाख ७ हजार ७ सय ५८ रुपैयाँ, व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५ सय ३१ रुपैयाँ, सूचना प्रविधि संकायका ५२ जनालाई ९८ लाख २२ हजार ५ सय रुपैयाँ बाँड्न लागिएको हो ।

कृषी विज्ञान संकायका ३६ जनालाई ७७ लाख ६७ हजार दुइ सय रुपैयाँ, कानुन संकायका ४५ जनालाई ७६ लाख रुपैयाँ, मानविकी संकायका ११ जनालाई १४ लाख ६२ हजार २ सय ९० रुपैयाँ, विज्ञान संकायका १२ जनालाई ११ लाख २० हजार दुई सय ५० रुपैयाँ, वन विज्ञान संकायका ५ जनालाई ५ लाख, आयुर्वेद संकायका १ जनालाई तीन लाख रुपैयाँ र शिक्षा संकायका ४ जनालाई दुई लाख ४१ हजार ६० रुपैयाँ वितरण गर्न लागिएको हो ।

मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईका अनुसार स्नातक तह प्रथम वा दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन वृत्ति अन्तर्गत रकम वितरण गर्न लागिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>