अर्थ

पुरानो घाटा देखाउँदै मूल्य नघटाउने नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब

Banner

काठमाडौँ, असार १८-

इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यस्तै यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>