विचित्र संसार

गर्भावस्थामा अत्यधिक बान्ता, महिलाका झरे सबै दाँत

Banner

काठमाडौँ, असार १७-

गर्भवती अवस्थामा महिलाहरुमा वाकवाकी लाग्ने, बान्ता हुने लगायतका समस्याहरु आमरुपमा देखिने गर्दछन् । कतिपय महिलाहरुले त महिनौंसम्म यस्तो समस्या झेल्नुपर्छ ।

कहिलेकाहीँ बान्ता हुने समस्या यतिसारै खतरनाक हुँदो रहेछ कि महिलाका सप्पै दाँत नै झारिदिंदो रहेछ । हालै एकजना महिलाले यस्तै दाबी गरेकी छिन् । उनको दाबी अनुसार उनलाई गर्भावस्थामा यतिधेरै बान्ता भयो कि उनका सबै दाँत फुस्किए ।

२६ वर्षीया लुइस कूपर पहिलोपटक सन् २०१७ को फेब्रुअरीमा गर्भवती भएकी थिइन् । त्यसबेला उनी फ्रान्सस्थित एक स्की रिसोर्टमा न्यानीको रुपमा कार्यरत थिइन् । गर्भ रहेको एक हप्ताभित्रै उनी यतिधेरै बिरामी भइन् कि उनी आफ्नो घर बेलायत फिर्ता हुनुपर्‍यो । त्यस्तो अत्यधिक बान्ता हुनुको कारण बेलायतमा गएपछि पत्ता लाग्यो । वास्तवमा उनलाई हाइपरमेसिस ग्रेभिडेरम (एचजी) नामक रोग रहेछ जुन गर्भावस्ताको वाकवाकी अर्थात् मर्निंग सिकसेनको एक दुर्लभ तथा गम्भीर रुप हो ।

अमेरिकन प्रेग्नेन्सी एशोसिएसनका अनुसार एचजी भएको गर्भवती महिलामा वाकवाकी लाग्ने, बान्ता हुने, वजन घट्दै जाने तथा शरीरमा इलेक्ट्रोलाइटको गडबडी हुने जस्ता समस्या देखिन्छन् । यसबाट हरेक वर्ष ६० हजार अमेरिकी महिलाहरु प्रभावित हुने गरेको बताइन्छ ।

कूपरका अनुसार गर्भावस्थाको सुरुवातदेखि नै अत्यधिक बान्ता भएकोमा १६औं हप्तादेखि भने उनका दाँत अचानक भाँच्चिन र झर्न सुरु गरेका थिए ।

यहाँनेर प्रश्न उठ्छ कि आखिर बान्ताका कारण दाँत कसरी र्झन सक्छ ? कूपरका अनुसार बान्ताका क्रममा मुखमा आउने अत्यधिक अम्लका कारण उनका दाँत बिग्रिंदै गएका थिए । दाँत निकै बिग्रिएसँगै उनलाई ती दाँत निकाल्न भनिएको थियो ।

उनले सन् २०१७ मा पहिलो बच्चा जन्माइन् । बच्चाको जन्म हुँदासम्म उनका धेरै दाँत झरिसकेका थिए र बच्चा पाँच महिनाको हुँदासम्म उनले बँचेखुसेका सबै दाँत निकाल्नुपर्‍यो ।

एकाएक सबै दाँत गुमाउनुपर्दाको पीडा वास्तवमै अवर्णनीय छ । कूपर भन्छिन्- यो निकै दर्दनाक थियो । मेरो सबैभन्दा ठूलो शत्रुलाई पनि यस्तो नपरोस् भन्ने म चाहन्छु । यस्ता लाग्छ कि म मरिरहेकी छु । केही समयअघि मैले मेरो यो अवस्थालाई पूर्णरुपमा स्वीकार गरिसकें ।

पहिलो बच्चाको जन्मपछि उनको एचजीको समस्या निको भयो । तर अर्को गर्भ रहँदा भने पुनः त्यहीँ समस्या दोहोरियो । त्यसपछि पनि उनले थप २ बच्चा जन्माइन् र दुवै पटक उनी सोही समस्याबाट पीडित भइन् । यो समस्या भावनात्मक र शारीरिक रुपमा पनि थकान लगाउने खालको भएको उनी बताउँछिन् ।

शारीरिक रुपमा अस्वस्थ हुनुका साथसाथै दाँत झर्दाको त्यो पीडाका कारण उनले कतिपय खानेकुराबाट पनि टाढै रहिन् । यद्यपि हाल उनले कृत्रिम दाँत हालेकी छिन् । तर त्यो कस्मेटिक भएको हुँदा आरामदायी नरहेको उनी बताउँछिन् ।

यद्यपि प्राकृतिक दाँत विनाको नयाँ जीवन सुरु गरिसकेकी उनले त्यो स्थितिलाई स्वीकार गरिसकेको बताएकी छिन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>