खेलकुद

वर्षाका कारण चितवन च्याम्पियनसिपको आजको फाइनल खेल रोकियो, अब बुधबार हुने

Banner

चितवन, असार १६-

भरतपुरमा आज हुने भनिएको छैठौं चितवन च्याम्पियनसिपको फाइनल खेल वर्षाको कारण स्थगित भएको छ ।

शुक्रबार रातिदेखि नै अबिरल वर्षा भइरहेकोले फाइनल खेल असार २० गते बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

फाइनल खेल अब असार २० गते बुधबार नेपाल प्रहरी शिक्षालयको मैदानमा हुनेछ । १९ गते मंगलबारसम्म नै वर्षा हुने भएकोले क्लब र अफिसियलहरुसँगको छलफलपछि फाइनल खेल बुधबारका लागि सार्ने निर्णय भएको आयोजक एभरेष्ट क्लब चितवनका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले जानकारी दिए ।

उनका अनुसार २० गते बुधबार दिउँसो ३ बजे समापन समारोह हुनेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ । उपाधिका लागि गैँडाकोट फुटबल क्लब र सूर्यपुर फुटबल क्लब भिड्नेछन् । गैँडाकोट रड्स रामपुर तथा सूर्यपुर आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>