देश/प्रदेश
मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैनः मेयर कार्की
०

काठमाडौं, असार १६-
मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति मेयरले आपत्ति जनाएका छन्। कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका हुन्।
शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही कसैबाट भए हामीलाई स्वीकार्य हुने छैन।’
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको थियो। मैदान क्यानका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा राखिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























