Breaking News

धादिङमा बाँदरले सताएपछि पीडित किसानद्वारा बागमती प्रदेशसभा घेराउ

Banner

हेटौंडा, असार १३-

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङका बाँदर पीडित किसान तथा आम नागरिकहरुले बागमती प्रदेशसभा परिसरमा प्रर्दशन गरेका छन् ।

दुईवटा बस रिर्जभ गरेर हेटौँडा आईपुगेका करिब १५० जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको भन्दै आज बस रिर्जभनै गरेर प्रदेशसभा अघि प्रर्दशन गरेका हुन् ।

धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रर्दशन गरेका हुन् । बाँदर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरुको आरोप छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>