चितवन विशेष

चितवनको बुढी राप्तीमा मुखमा जाल र पेटमा बल्छी अड्केको अवस्थामा गोही मृत फेला

Banner

 चितवन,असार १३— 

चितवनको बुढी राप्ती खोलामा भाले घडियाल गोही मृत फेला परेको छ । असार ११ गते रत्ननगर नगरपालिका ८ को बुढी राप्ती खोलामा दुर्लभ भाले घडियाल गोहीको मुखमा जाल अल्झेको र पेटमा बल्छी भेटिएको अवस्थामा मृत फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चितवनमा नदी र खोलाजस्ता प्राकृतिक बासस्थलमा २३९ र कसराको घडियाल गोही प्रजनन केन्द्रमा ८ सय घडियाल छन् । यो वर्षमात्रै विभिन्न कारणले गरेर १० वटा घडियाल मरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>