देश/प्रदेश
खानेपानी कार्यालयका सुरक्षा गार्ड कुर्मीको कार्यालयमै हत्या
०

जनकपुरधाम, असार ११-
सिरहाको मिर्चैया नगरपालिका-७ स्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी राय कुर्मीको हत्या भएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएको हो । शव बिहान फेला परेपनि हत्या राति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
संस्थाका सचिव टीकाराम पोखरेलले कार्यालय पुग्दा कुर्मीलाई मृत भेटेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























