देश/प्रदेश

हर्कलाई बालेनको ढाडस- तपाईँको सुखमा सबै होलान्, दुः खमा म छु

Banner

काठमाडौं, असार ११-

धरान उपमहानगरका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा एक स्टाटस लेखे ।

आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको उनको गुनासो थियो । उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुः ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’

उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुः ख दिए भन्ने । साम्पाङको सोही स्टाटसमा ढाडस दिँदै काठमाडौंका मेयर बालेन शाहले दुः खमा आफू साथमा रहेको बताएका छन् । उनले कमेन्टमा भनेका छन्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाई अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’

उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुः खमा हामी छौँ । म छु । सबै हुनेछौँ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>