देश/प्रदेश

सेतो साडी लगाएर सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोज्ने दुई महिला पक्राउ

Banner

काठमाडौँ, असार १०-

सेतो साडी लगाएर सर्वोच्च अदालतको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ परेका छन् ।

आफ्ना पति न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारको कसुरमा कारवाहीको माग गर्दै रावल बिनु यादवको साथमा सर्वोच्च अदालतअगाडि प्रदर्शनका लागि पुगेकी हुन् ।

त्यहाँ प्रदर्शन गर्नै लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको कसुरमा मुद्दा दर्ता भएलगत्तै उनी निलम्बनमा परेका थिए । काठमाडौं र रुपन्देही जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई दबाब दिने उद्देश्यले उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । न्यायाधीश गिरी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । सामान्यतः वैवाहिक बलात्कारको मुद्दामा थुनामा नराखी धरौटीमा रिहा गर्ने गरिन्छ । तर, गिरीलाई थुनामै राख्नुपर्ने र दोषी ठहर गर्नुपर्ने भन्दै रावल अदालतलाई प्रभावित बनाउन प्रदर्शनमा उत्रिएकी हुन् ।

आरती रावलविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा चोरी तथा बाँके जिल्ला अदालतमा सरकारी कागजात कीर्ते र सम्बन्धविच्छेदको मुद्दासमेत विचाराधीन अवस्थामा रहेका छन् । निलम्बित न्यायाधीश गिरीले आफूलाई दबाबमा राखी जबरजस्ती विवाह गर्न बाध्य पारिएको र अहिले पनि पटकपटक ब्ल्याकमेल र मानसिक यातना दिएको दाबी गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>