देश/प्रदेश

सोचेजस्तो नभएपनि मेहनत कमजोर थिएन र हामी फर्किएपछि खाना खानेगरी भेट्छौँः केपी

Banner

काठमाडौँ, असार १०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोट खेलमा नेपाली टोलीको प्रदर्शन कमजोर नभएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सोचेजस्तो नभएपनि नेपाली टोलीको मेहनत कमजोर नभएको बताउँदै निराश नहुन आग्रह गरेका छन्।

‘मेहनत जननी हो भने परिणाम शिशु,’ ओलीले लेखेका छन्, ‘कहिलेकाहीँ मेहनतका बाबजूद पनि परिणाम प्राप्त नहुन सक्छ, यसबाट निराश हुन हुँदैन।’

उनले मेहनतका लागि नेपाली क्रिकेट टोलीलाई धन्यवादसमेत ज्ञापन गरेका छन्।

शनिबार नेदरल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरिएको छ। शनिबारको खेल आफूले पनि लाइभ हेरेको बताउँदै ओलीले एउटा असफलता यात्राको अन्त्य नभएको बताएका छन्।

उनले नेपाली टोलीलाई स्वदेश फर्किएपछि सँगै खाना खानेगरी भेट्ने समेत बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>