एथलेटिक्स

मलेसियाको तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले जिते १० स्वर्णसहित १९ पदक

०
Banner

मलेसिया, असार १०–

मलेसियामा भएको चौथो जेन्युन एसियन ओपन च्याम्पियनशिप तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडहरुले १० स्वर्णसहित १९ पदक जितेका छन् ।

मलेसियामा लामो समयदेखि ब्यवसाय तथा समाजसेवा गर्दै आएका चितवनको खैरहनी–१० जीवनपुरका सन्तोष भट्टले फाईटिङ तर्फ स्वर्ण पदक जितेका छन् । उनी यसअघि पनि मलेसियामा हुने प्रतियोगितामा सहभागिता जनाउँदै स्वर्ण पदक जित्दै आइरहेका छन् । नेपालमा प्रतियोगिता खेल्दै आएका भट्ट मलेसिया पुगे पनि निरन्तरता दिइरहेका छन् ।

भट्टसंगै अन्य ९ जना खेलाडीले पनि स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्नेमा फाइटिङ/पुम्सेमा जतिन महर्जन, पुम्से/डबल फ्रन्टकिकमा गणेश रोक्का मगर, पुम्सेमा छिरिङ गोले, व्याककिकमा सम्साद शेख, फाइटिङमै अविशेक गौतम, आयुस्मा महतो र शिव हरी बुढाथोकी रहेका छन् ।

यस्तै प्रतियोगितामा रजत पदक जित्ने ६ जनामा फाइटिङतर्फ अप्तार अलाम, पुम्सेमा जैनव खातुन, फ्रन्टकिक/व्याककिक/पन्चमा प्रेमबहादुर राना, पुम्सेमा अविशेक गौतम रहेका छन् । कास्य पदक जित्नेमा पुम्सेतर्फ प्रेमबहादुर राना, व्याककिकमा जतिन महर्जन र पन्चमा गणेश रोक्का मगर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>