एथलेटिक्स
मलेसियाको तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले जिते १० स्वर्णसहित १९ पदक

मलेसिया, असार १०–
मलेसियामा भएको चौथो जेन्युन एसियन ओपन च्याम्पियनशिप तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडहरुले १० स्वर्णसहित १९ पदक जितेका छन् ।
मलेसियामा लामो समयदेखि ब्यवसाय तथा समाजसेवा गर्दै आएका चितवनको खैरहनी–१० जीवनपुरका सन्तोष भट्टले फाईटिङ तर्फ स्वर्ण पदक जितेका छन् । उनी यसअघि पनि मलेसियामा हुने प्रतियोगितामा सहभागिता जनाउँदै स्वर्ण पदक जित्दै आइरहेका छन् । नेपालमा प्रतियोगिता खेल्दै आएका भट्ट मलेसिया पुगे पनि निरन्तरता दिइरहेका छन् ।
भट्टसंगै अन्य ९ जना खेलाडीले पनि स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्नेमा फाइटिङ/पुम्सेमा जतिन महर्जन, पुम्से/डबल फ्रन्टकिकमा गणेश रोक्का मगर, पुम्सेमा छिरिङ गोले, व्याककिकमा सम्साद शेख, फाइटिङमै अविशेक गौतम, आयुस्मा महतो र शिव हरी बुढाथोकी रहेका छन् ।
यस्तै प्रतियोगितामा रजत पदक जित्ने ६ जनामा फाइटिङतर्फ अप्तार अलाम, पुम्सेमा जैनव खातुन, फ्रन्टकिक/व्याककिक/पन्चमा प्रेमबहादुर राना, पुम्सेमा अविशेक गौतम रहेका छन् । कास्य पदक जित्नेमा पुम्सेतर्फ प्रेमबहादुर राना, व्याककिकमा जतिन महर्जन र पन्चमा गणेश रोक्का मगर रहेका छन् ।