चितवन विशेष

दुई करोडको लगानीमा नारायणगढको भेटघाट रेष्टुरेन्टको नयाँ शाखा काठमाडौँमा खुल्यो

Banner

चितवन, असार ५-

तासको परिकारमा लोकप्रिय नारायणगढको भेटघाट रेष्टुरेन्टको नयाँ शाखा काठमाडौँको गैरीधारामा खुलेको छ ।

दुई करोड रुपैयाँको लगानीमा फ्रेन्चाइज रेष्टुरेन्टको रुपमा यो रेष्टुरेन्ट स्थापना गरिएको हो ।

यसअघि हटौंडालगायत विभिन्न ठाउँमा यसको शाखा खुले पनि फ्रेन्चाइजरुपमा खुलेको भने पहिलो शाखा भएको भेटघाट समूहका प्रबन्धक महेश तिवारीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ नयाँ शाखामा भएको आम्दानीको आधारमा हामीले निश्चित लगानी पाउँनेछौं । अन्य लगानीकर्ताहरुलाई हामीले ‘भेटघाट’ नाम दिएका हौं ।’

प्रबन्धक तिवारीले भेटघाट रेष्टुरेन्टका संस्थापक गोबिन्दप्रसाद तिवारीबाट असार १६ गते रेष्टुरेन्टको नयाँ शाखा औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गैरीधारामा एक रोपनी क्षेत्रफलको जग्गामा दुई करोडको लगानीमा खुलेको रेष्टुरेन्टमा एकैसाथ १०० जना बसेर खान मिल्नेछ । अत्याधुनिक यस रेष्टुरेन्टमा १८ जनाले रोजगारी पाउने भेटघाट समूहले जनाएको छ ।

भेटघाट रेष्टुरेन्ट नारायणगढको पुरानो रेष्टुरेन्ट हो । यसको स्थापना विसं २०४४ सालमा भएको थियो । नारायणगढको शहीदचोकमा अहिले रहेको भवन भन्दा पारीपट्टी यसले सेवा सुरु गरे पनि २०५५ सालबाट अहिलेको भवनमा सञ्चालनमा आएको थियो । सुरुवातदेखि यस रेष्टुरेन्टले नेपालमा नै पहिलोपटक तासको परिकार बनाउन सुरु गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>