खेलकुद

चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता असार ५ देखि, विजेताले तीन लाख रुपैयाँ पाउने

Banner

चितवन, असार ३-

भरतपुरमा छैठौं संस्करणको चितवन च्याम्पियनसिप फुटबल असार ५ गतेदेखि हुने भएको छ ।

एभरेष्ट क्लब भरतपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको मैदानमा हुने प्रतियोगिता असार १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा चितवनका १० र दुई बाहिरी जिल्लाका गरी कुल १२ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अभिषेक चर्च रहजर, नारायणी मोटर्स युनिक एफसी, सेन्ट्रल क्लब रामपुर फुटबल क्लब रड्स, हर्दी युवा समाज भण्डारा, जुनियर प्रहरी अधिकृत शिक्षालय र गैंडाकोट फुटबल क्लब रहेका छन् । यस्तै समूह ‘बी’ मा केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बीएफसी), स्टार स्पोर्ट्स क्लब बरुवा माडी, सूर्यपुर फुटबल क्लब कालिका, त्रिवेणी फुटबल क्लब मुग्लिन, आयोजक एभरेष्ट फुटबल क्लब र भतेरी युवा क्लब (जु एफसी) जुगेडी रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रहजर र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने आयोजक एभरेष्ट क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले जानकारी दिए ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सेमिफाइनल अघि दर्शकका लागि ५० तथा सेमिफाइनल र फाइनलका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । २० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अपेक्षा रहेको प्रवद्र्धक संस्था चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको कार्कीले बताए । प्रतियोगिता सम्पन्न गर्न १९ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>