चितवन विशेष
नेपाल रोटरी क्लबद्वारा चितवनको न्यु क्यापिटल कलेज सम्मानित

चितवन, असार ३-
न्यु क्यापिटल कलेज तथा कलेजको इन्टर्याक्ट क्लबले डिष्ट्रिक अवार्ड प्राप्त गरेका छन् ।
मिसन शिक्षादिक्षा परियोजनाअन्तर्गत रहेर कलेजले गत जेठ १४ गते मकवानपुर राक्सिराङ गाउँपालिका–५ मा रहेको श्रीप्रजा जागृत विद्यालयलाई ७० हजार बराबरको शैक्षिक सामग्री बितरण गरेको भन्दै सो सम्मान प्राप्त गरेको हो ।
सामाजिक सेवामा सक्रिय भएको कारण १४५ क्लबबाट उत्कृष्ट छनोट भई रोटरीको नेपाल भुटान डिष्ट्रिक ३२९२ द्वारा उक्त अवार्ड प्राप्त गरेको छ । कलेजले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत रहेर विद्यालयलाई ७० हजार बराबरको सामग्री बितरण गरेको इन्टर्याक्ट क्लबका अध्यक्ष दिभ्यस अधिकारीले जानकारी दिए । विद्यालयलाई उक्त सामग्री बितरण गरी उत्कृष्ट क्लबमा छनोट भएकोले उक्त अवार्ड प्राप्त गरेको अध्यक्ष अधिकारी भनाइ रहेको छ । उनका अनुसार न्यु क्यापिटल कलेज तथा इन्टर्याक्ट क्लब उक्त डिष्ट्रिक कन्फेरेन्सको सहआयोजकको रुपमा छनोटमा परेको छ । सो विद्यालयलाई बितरण गरिएको सामग्रीमा किताब, कापी, झोला, कार्पेटलगायतका सामग्री थिए ।

























