बजार

प्याजको मूल्य बढी लिएमा सरकारले कारबाही गर्ने

Banner

काठमाडौं, असार ३-

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यापारीले प्याजको मूल्य बढी लिए कारबाही हुने बताएको छ। शुक्रबार एक सूचना जारी गर्दै विभागले प्याजको मूल्य बढाए कारबाही हुने बताएको हो। आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ, विभागले जारी गरेको सूचनामा भनिएको छ।

बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको समेत विभागले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>