अन्तर्राष्ट्रिय

कहिल्यै गर्भनिरोध नगर्दाको परिणाम: १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना

Banner

जेठ २८-

युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका १२ जना पत्नीहरु छन् । ती श्रीमतीहरुबाट गरी उनले कुल १०२ जना बच्चाबच्ची जन्माए । जसबाट हालसम्म ५७८ जना नातिनातिनीहरु जन्मिसकेका छन् ।

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने यो जीवनकथा मूसा हसाहा कसेरा नामक व्यक्तिको हो । आफूले जीवनमा कहिल्यै पनि गर्भनिरोधक साधनको प्रयोग नगरेको कसेरा बताउँछन् । सायद पत्नी, सन्तान तथा दरसन्तानको त्यो संख्याले पनि त्यसलाई पुष्टि गर्दछ । तर, यतिधेरै सन्तान जन्मिसकेपछि चाहिं उनको मन अहिले बदलिएको छ ।

आफूले गर्भनिरोधक साधनको प्रयोग नगरे पनि पत्नीहरुलाई गर्भरोक्ने गोली खुवाउँछन् उनले । अब ६८ वर्षको उमेरमा आएर मात्रै उनलाई थप बच्चा जन्माउने भोक मरेको छ । अर्थात् अब आफूलाई पुग्दो सन्तान भए भन्ने लागेको छ उनलाई ।

१०२ जना छोराछोरी भएपछि सबैलाई चिन्न तथा सबैको नाम सम्झिन पनि गाह्रै हुन्छ । मूसालाई पनि त्यस्तै समस्या छन् । आफूलाई आफ्नो सबैभन्दा जेठो र सबैभन्दा कान्छो सन्तानको मात्र नाम याद रहेको उनी बताउँछन् । कतिपय सन्तानको त नाममात्र होइन मान्छेलाई नै बिर्सिसकेका छन् उनले ।

एएफपीका अनुसार सन् १९७२ मा १७ वर्षको उमेरमा उनले पहिलो बिहे गरेका थिए । तर परिवार र नातेदारको लगातारको दबाबका कारण उनले एकपछि अर्को गर्दै बिहे गरिरहे । पारिवारिक विरासत विस्तार गर्नका लागि धेरै बिहे गरेर बढीभन्दा बढी बच्चा जन्माउन उनलाई नातेदार तथा परिवारकै सदस्यहरुले दबाब दिइरहे । त्यसैले उनले १२ जना महिलासँग बिहे गरे र कूल १०२ बच्चा जन्माए ।

तर, यतिधेरै पत्नी र सन्तानका कारण अहिले उनलाई ठूलो पछुतो छ । उनीहरुको गास, बास, कपास तथा शिक्षा स्वास्थ्यका लागि समेत पैसा जुटाउन उनी सक्षम छैनन् । त्यहीँ कारणले दुई पत्नीले उनलाई छाडिसकेका छन् ।

उनी भन्छन्-मलाई अरु थप बच्चा जन्माउने कुनै रहर छैन किनकि यतिधेरै बच्चा जन्माउने आफ्नो गैरजिम्मेवार हर्कतबाट मैले सिकिसकेको छु। बुढ्यौलीसँगै उनको स्वास्थ्य पनि बिग्रिंदै गएको छ । उनी हाल बेरोजगार छन् भने त्यति ठूलो परिवार पाल्नका लागि केवल २ एक्कड मात्रै जमीन छ । हुनत मुसा अहिले आफ्नो गाउँमा पर्यटकको आकर्षणको केन्द्र बनिरहेका छन् ।

स्मरण रहोस् युगाण्डामा बहुविवाह एक परम्परागत प्रथा हो र यसले कानुनी मान्यता पाएको छ । जस अनुसार पुरुषहरुलाई एकभन्दा धेरै महिलासँग बिहे गर्ने छुट छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>