Breaking News

चितवनको इच्छाकामना मन्दिर पुनःनिर्माणको काम सकियो,भक्तजनका लागि खुला

Banner

कृष्ण आचार्य,

चितवन,बैशाख २६-

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरको पुनः निर्माणको काम सकिएको छ । ढुंगा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनः निर्माण गरिएको हो । २०७५ साल असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिर पुनः निर्माणको काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो । दुई करोड ४१ लखको लागतमा मन्दिर पुनः निर्माणको काम गरिएको उहाँले बताउनुभयो । मन्दिर पुनःनिर्माणका लागि गाँउपालिका,प्रदेश सरकार, संघिय सरकारले सहयोग गरेका थिए भने जनश्रमदान र चन्दा संकलन समेत गरिएको थियो ।

मन्दिरको बिहिबार क्षमा पुजा समेत गरेर गाँउपालिका अध्यक्ष दान बहादुर गुरुङले उद्घाटन गर्नुभएको छ । अव मन्दिरमा नियमित पुजा हुनेछ । मन्दिर उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना मन्दिर चितवनकै प्रसिद्ध र एतिहासिक मन्दिर भएको भन्दै दर्शन गर्नका लागि आउन सबैमा आग्रह गर्नुभयो । उहाँले मन्दिर क्षेत्रमा आवश्यक अन्य संरचना निर्माणका लागि गाँउपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिंडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले मन्दिर पुग्ने बाटो,खानेपानी र बस्ने ठाँउको समेत प्रबन्ध भइसकेको बताउनुभयो । उहाँले नियमित पुजा सुरु भएपछि पर्यटकको संख्या बढ्ने र अन्य भौतिक पूर्वाधार निर्माणका काम पनि हुने बताउनुभयो ।
शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहज रूपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मंसिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>