भरतपुर
ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा भोलि चितवनमा

चितवन, जेठ २५-
ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा भोलि चितवनमा हुने भएको छ ।
बिहान ११ बजेदेखि भरतपुरको गार्डेन रिसोर्टमा ग्रेसले आफ्नो शैक्षिक यात्रा गर्ने भएको हो ।
शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका ९ ठाउँमा शैक्षिक यात्रा गर्ने भएकोमा अहिलेसम्म दमक, विराटनगर, बिर्तामोड, हेटौडामा सम्पन्न गरिसकेको छ ।
बुटवल, पोखरा, बाग्लुङ, काठमाडाँैमा बाँकी रहेको छ । विदेश अध्ययनमा जान चाहने विधार्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पूर्वजानकारी दिने उद्देश्यले ग्रेसले शैक्षिक यात्रा गरिरहेको छ ।
अहिले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृति बढिरहेको अवस्थामा ग्रेस इन्टरनेशनलको शैक्षिक यात्राले विदेश अध्ययनपछि नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिका लगायतका विषयमा समेत जानकारी गराउने भएको छ ।
अहिले विदेश अध्ययनमा विद्यार्थीहरुको आकर्षण अत्यधिक रहे पनि विद्यार्थीहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने र ग्रेसको शैक्षिक यात्राले यस्तो खालको अन्योल हटाउन सहयोग गर्ने चितवन शाखा प्रमुख गणेश लामिछानेले बताए । कार्यक्रममा उपस्थित हुने विद्यार्थीहरु मध्येबाट लक्की ड्र र विभिन्न आकर्षक गेमहरु खेलाई विजेताहरुलाई आयोजकको तर्फबाट निःशुल्क आईएलटीएस, पीटीई भौचर र अन्य आकर्षक उपहारहरुसमेत प्रदान गरिने लामिछानेले बताए ।
शैक्षिक यात्रा चितवन कार्यक्रममा प्रेरक वक्ता राजन कोइराला, चर्चित कलाकार सुरक्षा पन्त, प्रसिद्ध हास्य कलाकार कैलास कार्की,ग्रेस इन्टरनेशनलका इन्टरनेशनल अफ इयरका निर्देशक एन्ड्री पौडेल, निर्माता, निर्देशक, तथा कार्यक्रम प्रस्तोता आरके धिताललगायतले आफ्नो प्रस्तुति दिनेछन् ।
























