खैरहनी

गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय छ दिन बन्द

Banner

चितवन, जेठ १८-

अत्यधिक गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द भएका छन् ।

खैरहनी नगरपालिकाले स्थानीय बिदा कटौती हुने गरी एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच दिन विद्यालयहरु बिदा गरेको हो । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले बिदा दिनु परेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>