स्वास्थ्य
विपन्नका लागि १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई परिपत्र

काठमाडौं, जेठ १८–
सरकारले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई ताकेता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफ ७० अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार गर्न परिपत्र गरेको हो ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले गत वैशाख १३ गते पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई यस सम्बन्धमा परिपत्र गरिएको तर पुनः विभिन्न माध्यमबाट यसको पालना नभएको गुनासो आएकोले मापदण्ड पालना गर्न अनुरोध गरिएको उल्लेख गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजै स्वास्थ्य मन्त्रीसँग भेटेर यस विषयमा ध्यानाकर्षण पनि गराएका थिए ।























