चितवन विशेष

जापानमा हुने फिजिक्स ओलमप्याडका लागि चितवनका आयुष छनोट, मेयर दाहालले गरिन बिदाई

Banner

पूजा ढकाल

चितवन, जेठ १७–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फिजिक्स ओलमप्याडका लागि छनोट भएका आयुष पाण्डेलाई बिदाइ गरेकी छन् ।

जापानमा हुने फिजिक्स ओलमप्याडका लागि नेपालबाट छनोट भएका ५ जना मध्ये पहिलो स्थाल हासिल गर्न सफल पाण्डेलाई बधाई तथा शुभकामना दिँदै उनले बिदाइ गरेकी हुन् ।

नेपाल फिजिक्स ओलमप्याडको आयोजनामा जुलाई १० देखि १७ सम्म (असार २५–साउन १) गते सम्म जापानमा हुने ओलमप्याडका लागि छनोट भएका आयुष भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक बस्छन् । आयुषले नेपाल फिजिकस सोसाइटीले ५३ औँ संस्करणका लागि ल्याएको परीक्षामा छनोट भएका पाँच मध्ये उत्कृष्ट ८०.१ अंक ल्याएर पहिलो स्थान हासिल गरेका छन् ।

यसरी ११\१२ कक्षामा पढ्ने र स्नातक सुरु नगरेका २० वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले सहभागी लिन हुन पाउने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउनु आफूनो लागि ठूलो कुरा भएको आयुषले बताए । उनका अनुसार उनी काठमाडौँ उपत्यका बाहिरबाट नाम निकालन सफल एक मात्र विद्यार्थी हुन् र प्रतियोगितामा छनोट अन्य चार विद्यार्थी काठमाडौँका छन् ।

उनी भन्छन् हरेक वर्ष हुने यस ओलमप्याडमा नेपालले पछिल्लो १५ वर्षदेखि सहभागिता जनाउँदै आएको छ । यस प्रतियोगिामा हरेक देशबाट ५÷५ जना छनोट गरिन्छ । ’ यसरी हरेक देशबाट ५÷५ जना शानदार दिमाग भएका विद्यार्थीलाई अब जापानमा अन्तिम परीक्षा लिने उनको भनाइ छ । उनका अनुसार छनोटका लागि नेपालको विभिन्न भू–भागमा गत मंसिर २४ गते पूर्वपरीक्षा लिइएको थियो । जसबाट पहिलोे चरणमा २० जना छनोट भए । यसरी पहिलो चरणबाट छनोट भएका २० जनालाई एक हप्ता काठमाडौँमा विभिन्न तालिम दिएर ५ जना मात्रै फिजिक्स ओलमप्याडका लागि छनोट गरिएको पाण्डेले बताए ।

त्यस्तै अब जापान गएपछि पनि दुई दिन सिद्धान्त, व्यावहारिक परीक्षा, विभिन्न कार्यक्रम, मनोरञ्जन सँगै अन्तिम परीक्षा हुने बताउँदै उनी भन्छन्, ‘अब त्यहाँ पनि परीक्षा दिन जान लागेको हो त्यस्तो ठूलो कुरा त केही हैन । तर, आफूनो देशलाई सँगै चितवनलाई प्रतिनिधित्व गरेर परीक्षा दिन जानु चाहीँ निकै ठूलो कुरा हो । ’ आयुष अर्जुन पाण्डेका एक मात्र छोरा हुन् । उनका बुबा अर्जुनका अनुसार आयुषले ४ कक्षा सम्म अर्किड स्कुल, ५–७ वाल्मीकि, ८–१० नारायणी नमुना र ११÷१२ पुनः वाल्मीकिमै पढेका हुन् । आफूनो छोरा सानै देखि निकै मेहनती र लगनशिल भएको बताउँदै बुबाले भने, ‘आयुष २ कक्षादेखि पढाइसँगै हाजिरी जवाफ प्रतियोगितामा पनि भाग लिदैैैैैँ आएका थिए र पढाइमा पनि सधै प्रथम नै हुन्थ्यो । जसको कारण आज शिक्षकको सहायताले मेरो छोराले जापानमा हुने फिजिक्स ओलमप्याडका लागि नेपालबाट छनोट भएका ५ मध्ये पहिलो नम्बरमा नाम निकाल्यो । जुन मेरो मात्रै नभएर सिंगो नेपाल, वाल्मीकि र भरतपुरकै ठूलो जित हो ।’

त्यस्तै पहिलो नम्बरमा नाम निकाल्न सफल भएका आयुषलाई भरतपुर महानगरपालिका–४ वाल्मीकिका प्रधानध्यापक प्रदिप पौंडेलले बधाई दिएका छन् । यस प्रतियोगितामा सुरुमा आफनो स्कुलबाट विद्यान पाण्डेले सहभागिता जनाएको र अहिले आयुषले यसलाई निरन्तता दिएको उनको भनाइ छ । उनी भन्छन्, ‘वाल्मीकिबाट विद्यानसँगै आयुष पौडेल, गणित विषयबाट सौरभ बास्तोलाले सहभागी जनाएका थिए र अहिले आयुष पाण्डेले यस प्रतियोगितालाई पुनः निरन्तता दिँदै छन् ।’

यस्तै वाल्मीकिका गणित शिक्षक तथा प्लस टु कोर्डिनेटर विष्णु ढकालले आयुष पढाइमा अब्बल विद्यार्थी मात्रै नभएर अनुशासित, मेहनती, जेहेन्दार र उदाहरणीय विद्यार्थी भएको बताए । उनले यसै वर्ष २०८० मा १२ को परीक्षा दिएका छन् । उनी भन्छन्, ‘अब जापानमा हुने विभिन्न देशका विद्यार्थी माझ पनि आयुषले उत्कृष्ट स्थान हासिल गरेर नेपालसँगै भरतपुर चितवन र वाल्मीकिको परिचय बोकेर फर्किन्छन् भन्नेमा हामी आशावादी छौँ । ’
त्यस्तै यस वर्ष जापानमा हुने यस फिजिक्स ओलमप्याड प्रतियोगिताको लागि नेपालबाट क्रमशः आयुष पाण्डे, आयन शाहा, माधव खनाल, अबरतनमान कर्मचार्य, वियोग डंगोल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>