Breaking News

चितवनको तापक्रम ३९ डिग्री पुग्यो, गर्मीले अस्पतालमा बिरामीको भीड

Banner

पूजा ढकाल

चितवन, जेठ १७

गर्मीका कारण चितवनको जनजिवन प्रभावित बनेको छ ।

चितवनमा गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको हो । गर्मीले चितवनको मुख्य बजारी क्षेत्रहरु नारायणगढ, रत्ननगर, सौराहा, खैरहनी, भण्डारा, चनौलीमा मानिसको चहलपहल दिउँसो घटेको छ ।

आज (बुधबार) दिउँसो चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको हो ।
विमानस्थलको अनुसार बिहान ३१ डिग्री सेल्सियस रेकर्ड भए पनि दिउँसो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ र अझै बढ्ने क्रममै छ ।

त्यस्तै दैनिक गर्मी बढेसँगै चितवनका सबै अस्पतालमा बिरामीहरुको चाप बढ्दै गएको छ । पखाला, निमोनिया, दम पक्षघात, मुटुरोग टाइफाइट र विशेष गरी ज्वरोका बिरामीको संख्या बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन प्रमोद पौडेलले जानकारी दिए । पौडेलका अनुसार अहिले अस्पतालका सबै वार्ड र आईसीयू भरिभराउ छन् । गर्मी समयमा शरीरमा भएको पानी पसिनाबाट बग्ने हुँदा धेरै मात्रामा शुद्ध पानी पिउनु पर्ने बताउँदै उनी भन्छन् ‘दैनिक गर्मी बढ्दा सर्प दंश, मलेरिया, टाइफाइट, हेपाटाइटिस जस्ता रोगका बिरामी क्रमशः बढ्दै जानेहुँदा खानपानमा विशेष ख्याल राख्नु पर्छ ।’
यसरी दैनिक गर्मी बढ्ने क्रममा रहेकोले सुत्दा नियमित झुलको प्रयोग गर्नुपर्ने रातमा हिड्दा लाइट बोक्नु पर्ने, लामो कपडा, बुट लगाउनु पर्ने, घरवरिपरी झाडी राख्न नहुँने, घरमा जालीको प्रयोग गर्नुपर्ने र सुत्ने समयमा बिस्तारा राम्रो सँग हेर्नुपर्ने उनको भनाइ हो । ‘गर्मी समयमा धेरै सर्प देखिने हुँदा, सर्पले टोके तत्काल अस्पताल आउन हामी अनुरोध गर्छौं’, उनले भने ।
चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले चितवनमा गर्मी बढेसँग अस्पतालमा बिरामीको संख्या बढ्दै गएको बताए । उनले भने, ‘ दैनिक ७०० को संख्यामा बिरामी ओपीडीमा आउन थालेका छन् । अधिकांश बिरामी ज्वरो, झाडापखाला र टाइफाइडको भेटिएका छन् । चितवनका अन्य अस्पतालहरुमा पनि बिरामीको चाप बढ्दै गएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>