खेलकुद
भरतपुरको गेष्टहाउस चौरमा जेठ २४ देखि अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

चितवन, जेठ १६-
भरतपुरमा जेठ २४ देखि अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
भरतपुर फुटबल क्लबको आयोजनामा जेठ २४ देखि ३२ गतेसम्म हुने प्रतियोगितामा १६ टोली सहभागी हुने संयोजक ध्रुव भुसालले जानकारी दिए । भुसालका अनुसार प्रतियोगितामा चितवनसँगै मकवानपुर र नवलपुरका १६ संस्थागत विद्यालयहरु सहभागी हुनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रतियोगिताका खेलहरु भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा हुनेछन् । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने संयोजक भुसालले जानकारी दिए ।
विद्यालय स्तरदेखि नै खेलाडी पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको सहसंयोजक कृष्ण कार्कीले बताए । हानामी इन्टरनेशल एजुकेसन प्रतियोगिताको मुख्य प्रायोजक हो भने प्रायोजकमा माडी ज्वेलर्स रहेको छ । चितवन जिल्ला फुटबल संघ, भरतपुर महानगरपालिका र यात्रा ग्रुप प्रतियोगिताको प्रवद्र्धक संस्था हुन् ।