चितवन विशेष

पूर्वप्रधानमन्त्री भट्टराई जस्तै बेदाग बागमती प्रदेश मन्त्रालयबाट बाहिरिन्छुः जोशी

Banner

चितवन, जेठ १५-

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशिल कोइराला जस्तै आफू पनि बेदाग मन्त्रालयबाट बाहिरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१६ औं गणतन्त्र दिवस–२०८० को अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनद्वारा आज आयोजित सहीद परिवार सम्मान तथा विचार विमर्श कार्यक्रममा मन्त्री जोशीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले सबै क्षेत्रमा हुने भ्रष्टचार विरुद्ध सबै एक जुट हुनुपर्ने नागरिक समाजले भष्टचार बिरुद्ध खबरदारी गरिरहनुपर्ने बताए । उनले गणतन्त्र दिवसको अवसरमा विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा घाइते र सहीद परिवारलाई सम्मान गरेका थिए । उनले भने, ‘बागमती प्रदेशमा जनताले प्रत्यक्ष महसुस हुने गरी काम गर्छु । पूर्वप्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र सुशिल कोइराला जसरी कार्यकाल सकेर बालुवाटारबाट निस्कनु भयो आफू पनि त्यसरी नै बेदाग प्रदेश स्वाथ्य मन्त्रीबाट बारिरिने प्रतिबद्धता गर्छु ।’ उनले गणतन्त्रमा सेवाग्राहीलाई छिटो र सहज हुने गरी काम गर्न सरकारी कार्यालयहरुलाई निर्देशन पनि दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>