Breaking News

आयात प्रतिस्थापन गर्न भरतपुरमा कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन: मेयर दाहाल

Banner

चितवन, जेठ १०–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् ।

भरतपुर महानगरपालिका–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै मेयर दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गरिन् । कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने खाद्यान्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जाने उनको विचार थियो ।
कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाइ छ ।

प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाइ र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाई र बीउको प्रबन्ध मिलाएको बताइन् । भरतपुर महानगरपालिकाले लिएको नीति अनुरुप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यान्त्रिकीकरणलाई जोड दिई प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालले बताइन् ।
महानगरपालिकाको आगामी चार वर्षभित्र सबै ठाउँमा सिचाइँको व्यवस्था हुने भएकाले उत्पादन वृद्धि हुने पक्का भएको धारणा राखिन् ।

दुई वटा बोरिङको उद्घाटन

मेयर रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्रणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गरिन् । भरतपुर–२२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदमपोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरिन् । भरतपुरमा नौं हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ । एउटा डिप बोरिङले ३५ बिघा खेतलाई सिँचाई गर्न पुग्छ ।

१५ जनालाई बाख्रा वितरण

भरतपुर–२२ का १५ घरधुरीलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्साहन गर्न एक परिवार दुई बाख्रा वितरण गरिएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर दाहालले बाख्रा वितरण गरेकी हुन् । भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका कृषिको व्यवसायीकरणको क्रममा ठूला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताइन् । निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने छन् । युवा लक्षित कार्यक्रममार्फत् १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् ।

९० क्विन्टल धानको बीउ वितरण

भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ ।
भरतपुर–२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गरिएको हो ।

महानगरपालिकाले प्रतिकिलो ३० रुपैयाँका दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई बीउ वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>