चितवन विशेष

भरतपुरको नारायणी पब्लिक स्कुलमा नमुना निर्वाचन, विद्यार्थीले छाने क्याप्टेन र उपक्याप्टेन

Banner

चितवन, जेठ ८-

भरतपुर महानगरपालिका–११ मा रहेको नारायणी पब्लिक स्कुलमा नमुना निर्वाचन भएको छ ।

आज भएको निर्वाचनबाट स्कुलका विद्यार्थीहरुले स्कुल क्याप्टेन, उपक्याप्टेन र विद्यालयमा भएका विभिन्न क्लबका अध्यक्ष तथा सदन क्याप्टेनहरुको छनोट गरेका हुन् ।
विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई निर्वाचन प्रणालीअन्तर्गत मताधिकार र प्रक्रियाबारे जानकारी दिन नमुना निर्वाचन गरिएको विद्यालयका सामाजिक विभाग प्रमुख एवम् निर्वाचन समितिका संयोजक बृजलाल चौधरीले जानकारी दिए । कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययन गर्ने ३२९ जना विद्यार्थी मतदाता भएको सो कार्यक्रममा स्कुल क्याप्टेनका लागि दुई जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो भने स्कुल उपक्याप्टेनका लागि तीन जना विद्यार्थीबीच पतिस्पर्धा थियो । विद्यालयमा भएका तीन वटा क्लबका लागि प्रत्येक क्लबमा २÷२ जना बिच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा विद्यार्थीले लामबद्ध भएर दिउँसो १२ बजे देखि दिउँसो ३ बजे सम्म मतदान गरेको नमुना निर्वाचन समितिका उपसंयोजक दिवाकर पौड्यालले जानकारी दिए ।

नमुना निर्वाचनमा उत्साहित हुँदै  ३०७ जना विद्यार्थीले स्कुल क्यापटेन र उपक्यापटेनको लागि एक र अन्य क्लबका लागि अर्को गरी दुई वटा मतपत्रमा लामबद्ध भएर मतदान गरेका थिए । यो नमुना निर्वाचनमा जानेर विद्यार्थीले अभिभावकलाई निर्वाचनमा मतदान गर्न सिकाउने हुनाले आगामी निर्वाचनमा बदर मतको संख्यामा कमी हुने विद्यालयका प्राचार्य वेदराज न्यौपानेले जानकारी दिए । उनले भने, ‘अरु विद्यालयमा पनि यस्ता कार्यक्रमको आयोजना गर्न सकेमा बदर मतको संख्यामा कमी हुनेछ ।’

निर्वाचनमा स्कुल क्याप्टेनका लागि अपूर्व लामिछाने १६६ मत र उपक्याप्टेनका लागि कुसल जिसीले १६६ मत प्राप्त गरी विजय भएका छन् । यस्तै विज्ञान तथा प्रविधि क्लबमा प्रश्ना सुवेदी ,गणित क्लबमा प्रसिद्धराज उपाध्याय र वातावरण क्लबमा मन्सिका श्याङ्बोले विजय प्राप्त गर्न सफल भएका छन् । त्यस्तै, रेडक्रस क्लबमा विप्लब घिमिरे, पत्रकारिता क्लबमा रितु न्यौपाने र खेलकुद क्लबमा अनुज श्रेष्ठ निर्विरोध निर्वाचित भए । शिक्षण सिकाइ प्रक्रिया हुबहु कण्ठ गरेर होइन प्रयोगात्मक ढंगले हुनुपर्छ र प्राप्त ज्ञान व्यावहारमुखी हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको विद्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>