चितवन विशेष

चितवन रोटरीद्वारा ह्विल चेयर बितरण

Banner

चितवन, जेठ ४-

चितवन रोटरी क्लबले शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर भएका स्थानीय व्यक्तिहरूलाई ह्विल चेयर वितरण गरेको छ ।

क्लबले भरतपुर महानगरपालिका–३ का वडा अध्यक्ष विकास थापाको समन्वयमा शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर भएका स्थानीय व्यक्तिलाई उनीहरूकै निवासमा गएर क्लबका अध्यक्ष दिपक प्रधानले ह्विल चेयर वितरण गरेका हुन् ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूकै निवासमा गएर ह्विल चेयर वितरण गर्न पाउँदा आत्मसन्तुष्टि र खुसी मिलेको वर्ष २०२३÷२४ का लागि क्लबका निर्वाचित अध्यक्ष चन्द्रेश्वर भट्टराईले बताए । ह्विल चेयर वितरण कार्यमा वडा सदस्य राम लोहनीको सहयोग प्राप्त भएको संयोजक पियाले बताए । स्वार्थभन्दा माथि सेवाको भावनाले स्थापित चितवन रोटरी क्लबले तीन दशकदेखि समाज सेवाको क्षेत्रमा योगदान पु¥याउँदै आएको र रोटरीले दृष्टि नपुगेको ठाउँमा उज्यालो छर्नेदेखि पोलियो उन्मूलनमा संसारभरी नै योगदान दिएको क्लबका अध्यक्ष दिपक प्रधानले बताए । अध्यक्ष प्रधानले समाज सेवाको क्षेत्रमा अग्रसर हुन पाउनु अत्यन्तै सुखद् रहेको र यसबाट आनन्द प्राप्त हुने बताउँदै सम्पूर्ण मानव जगतको सुख, शान्ति र समृद्धिको लागि आपूm सधैँ लागिरहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>