Breaking News

पदमपुरबाट नारायणगढ जान हिडेकी रुपा जंगलमा मृत फेला, पोर्चुगल उड्ने सपना अधुरै

Banner

चितवन, वैशाख ३१-

कालिका नगरपालिका–४ की २७ वर्षीय रुपा न्यौपाने घिमिरे भरतपुरको जंगलमा मृत भेटिएकी छन् । विदेश जाने भनेर सपिङको लागि पदमपुरबाट नारायणगढ शुक्रबार हिडेकी उनी भरतपुर महानगरपालिका–११ को टाइगर ताल जाने जंगलमा मृत भेटिएकी हुन् ।

घटनाको अनुसन्धान गरिरहेका  चितवनका प्रहरी निरीक्षक कुशल कुमार बर्तोलाले रुपालाई जंगलमा झुण्डिएको अवस्थामा भेटिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘परिवारका अनुसार उनी शुक्रबार पदपुरबाट नारायणगढ जान हिडेकी थिइन् । एक्कासी बेपत्ता भएपछि आज मृत अवस्थामा भेटिएकी छन् । घटनाबारे थप सोधपुछ र अध्ययन गरिहेका छौं ।’

रुपाका साथीहरुको अनुसार उनी एक हप्तापछि आफ्नो श्रीमान रहेको पोर्चुगल जाने तयारीमा थिइन् । श्रीमान पोर्चुगलबाट नेपाल आएर छ महिना बसेर दुई महिना अगाडि मात्र फेरि पोर्चुगल गएका थिए । केही समय अगाडि प्रभु इन्सुरेन्स टाँडीमा उनी शाखा प्रमुखको रुपमा कार्यरत रहेकी थिइन् । उनले साथीहरुलाई पोर्चुगल जान इन्सुरेन्सको जागिर छाडे भनेर एसएमएस गरेको उनलाई चिन्ने पत्रकार केदार शर्माले बताए । उनी के कारणले त्यस्तो अवस्थामा भेटिइन् , आफैँ झुण्डिएकी हुन् वा कसैले झुन्डाएर हत्या गरेको हो भन्ने बारेमा चितवन प्रहरीले अनुसन्धान गर्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>