चितवन विशेष

हिरोका बित्त प्रमुख सिंह चितवन आउँदै, बोस्टन कलेजमा उद्योगी र विद्यार्थीसँग अन्तरक्रिया गर्ने

Banner

चितवन, वैशाख २५-

भारतको बहुराष्ट्रिय कम्पनी हिरो कर्पाेरेट सभिसेजका बित्त प्रमुख जोगेन्द्र सिंह व्यवसायसँग सम्बन्धित विशेष कार्यक्रमका लागि चितवन आउने भएका छन् ।

सिंह वैशाख ३० गते बोस्टन इन्टरनेशनल कलेजका एमबीएका विद्यार्थीहरु, चितवनका व्यवसायी तथा उद्योगीहरुसँग अन्तक्रियाका लागि चितवन आउन लागेका हुन् ।

सिंहले बोस्टन इन्टरनेशनल कलेजमा ‘व्यवसायिक कार्यसम्पादन र बित्तीय क्षेत्रको भविष्य’ विषयमा आफ्नो प्रस्तुति दिने भएका छन् । सो कार्यक्रमको लागि बोस्टन कलेज, चितवन उद्योग संघ र नारायणगढ जेसीजले कार्यक्रमको संयोजन गरेका छन् ।

हिरो इन्टरप्राइजेजले भारतसहित विश्वभर गाडी तथा मोटरसाइकलको उत्पादन, घरजग्गा, शैक्षिक प्रतिष्ठान र इन्सुरेन्स क्षेत्रमा लगानी गरिहेको छ । विभिन्न भारतका प्रतिष्ठित कम्पनीहरुको व्यवस्थापन क्षेत्रमा संलग्न सिंह बिगत ३० वर्षदेखि बित्तीय क्षेत्रमा सफलरुपमा आफ्नो नेतृत्वदायी क्षमता प्रदर्शन गरिसकेका छन् । भारतका प्रतिष्ठित क्याम्पस तथा विश्वविद्यालयहरुमा अतिथि प्राध्यापकको रुपमा प्रशिक्षण दिँदै आएका सिंहबाट चितवनका विद्यार्थी र उद्योगीले व्यवसायिक ज्ञान र सिप प्राप्त गर्ने बोस्टन इन्टरनेशनल कलेजको विश्वास छ । बोस्टन इन्टरनेशनल कलेजको उद्यमशिल विभाग प्रमुख प्रेम गैरेले सिंहको अनुभव, ज्ञान र क्षमताको आदानप्रदानले विद्यार्थीहरुले प्रयोगात्मक ज्ञान पाउनुको साथै व्यवसायिक क्षेत्रमा लाग्न अभिप्रेरित हुने आशा व्यक्त गरे । वैशाख ३० गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहले बोस्टन इन्टरनेशनल कलेजमा विद्यार्थी तथा उद्योगीहरुसँग अन्तरक्रिया गर्दै छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>