बारा

पर्सा राष्ट्रिय निकुञ्ज भित्र घाँसे मैदान विस्तार

Banner

बारा, वैशाख २४–

पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तुहरूका लागि घाँसे मैदानको विस्तार गरेको छ । बाघको सङ्ख्या वृद्धिका लागि आहारा प्रजातिका वन्यजन्तुहरूका लागि निकुञ्जले सय हेक्टरसम्म घाँसे मैदानहरूको निमार्ण गरेको हो । निकुञ्जभित्र हाल एक दर्जन भन्दा धेरै घाँसे मैदान रहेका छन् ।

खाली भूभागमा निकुञ्जले रुख, बुट्यान तथा झाडी सफाइ घाँसे मैदान निमार्ण गरेको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खत्रीले बताएका छन् । उनले बारा, पर्सा र मकवानपुर ३ जिल्लालाई समेटेर ७ देखि ८ सय हेक्टरमा घाँसे मैदान निमार्ण गरिएको बताए ।

‘घाँसे मैदान विस्तारको मुख्य उद्देश्य भनेको बाघको सङ्ख्या वृद्धि गर्नका लागि बाघको आहारा प्रजातिहरू मृग, चित्तल, जरायोहरूको सङ्ख्या वृद्धि गर्नको हो । अर्को उद्देश्य भनेको पर्यापर्यटनलाई प्रवर्धन गर्नु पनि हो ।’ सहायक संरक्षण अधिकृत खत्रीले भने ‘घाँसे मैदान सँगसँगै हामीले पानी पोखरी र मचान पनि निमार्ण गरेका छौ, यसले पर्यटकहरूले सहजै वन्यजन्तु अवलोकन गर्न सक्दछन्’ ।

हाल पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै ४१ वटा बाघ रहेका छन् । सन् २०१८ को बाघ गणनामा यो सङ्ख्या १८ वटा मात्रै रहेको थियो । पछिल्लो समय पर्सा निकुञ्जभित्र बाघको सङ्ख्या सँगै बाघको आहारा प्रजातिका वन्यजन्तुहरूको पनि सङ्ख्या बढेको छ ।

‘बाघ र चितुवाको सङ्ख्या वृद्धिका लागि घाँसे मैदानको डाईक्ट लिन्क हुन्छ, बाघको सङ्ख्या वृद्धिका लागि यसले ठुलो टेवा पुर्याएको छ’ सहायक संरक्षण अधिकृत खत्रीले भने । करिब १६ हजार हेक्टर क्षेत्रफलमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा दुर्लभ पाटे बाघ, १६४ गौरीगाई, ८ वटा एकसिङ्गे गैडा (नियमित अनुगमनको क्रममा) रहेका छन् । साथै पर्सा निकुञ्ज भित्र गणना नभएका दुर्लभ वन्यजन्तुहरू सालक, अजिंगरसमेत रहेको निकुञ्जले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>