चितवन विशेष

चितवनमा मातातीर्थ औशीको पूर्वसन्ध्यामा १४ आमाहरु सम्मानित

Banner

चितवन, वैशाख २४-

सुनचाँदी व्यवसायी महिला समूह चितवनले मातातीर्थ औँशीको पूर्वसन्ध्यामा सुनचाँदी व्यवसायमा महत्वपूर्ण योगदान दिने १४ जना ज्येष्ठ आमालाई सम्मान गरेको छ ।

सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष शान्ता थापा विकको अध्यक्षतामा भएको कार्यक्रममा कानुन व्यवसायी अधिवक्ता फूलमाया रानाभाट प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा सुनचाँदी व्यवसायी महिला समूह चितवनकी संस्थापक अध्यक्ष ऋतु विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष उत्सव खाती विश्वकर्मा, सुनचाँदी साकोस चितवनका अध्यक्ष रूवेन रामुदामुलगायतले शुभकामना मन्तव्य राखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>