समाज

डिउटीमा खटिएका सशस्त्रका सइलाई खुकुरी प्रहार

Banner

धनगढी, वैशाख २३-

कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए ।

उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कञ्जभोजस्थि जोगबुढा नदीको झोलुंगे पुलमाथि बसेर होहल्ला गरिरहेको अवस्थामा सम्झाइबुझाइ गर्दा खुकुरी प्रहार भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>