समाचार

गृहमन्त्री श्रेष्ठ भन्छन्– ‘टोपबहादुरजी फरार भए पनि निकाल्छौं’

Banner

काठमाडौं, वैशाख २३–

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फरार रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई जसरी पनि निकाल्ने बताएका छन् । श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा जोडिएका जोकोहीमाथि पनि छानबिन हुने र कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका सल्लाहकारसम्म पक्राउ परिसकेका छन् भने केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कुनै नेताले रायमाझीलाई पक्राउ नगर भन्दैमा सरकारले दोषीलाई छुट नदिने गृहमन्त्री श्रेष्ठले बताए । फरार रहेका रायमाझीको बारेमा उनले भने, ‘यसरी ‘फरारी’ भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक–दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौं नै । इन्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>