समाचार

भोलिदेखि बजेट अधिवेशन, तयारी पूरा

Banner

काठमाडौं, वैशाख २३–

सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ । दुवै सदनको बैठक भोलि बस्दै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>