समाचार

सवारी लाइसेन्स छाप्न पटक–पटक ढिलाइ

Banner

काठमाडौं, वैशाख २३–

छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ । यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ ।

तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । विभागका निर्देशक श्रीचन्द्र शाहले बाँकी रहेको छपाइ सम्पन्न गर्ने योजनामा विभागले थप काम गरिरहेको जानकारी दिए ।

हाल विभागमा छपाइ कार्ड सकिन लागेको छ । १२ लाखप्रति कार्ड जर्मनीबाट ल्याइँदै छ । उनले भने, “जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । छिटो छाप्नका लागि स्मार्ट कार्ड मास प्रिन्टरको टेन्डर खुलाइँदै छ। यी काम भएपछि प्रिन्टका लागि कुर्नु नपर्ला।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>