अन्तर्राष्ट्रिय

मोदीबारे बीबीसीको डकुमेन्ट्रीः दिल्ली अदालतले बीबीसीलाई पठायो कारण देखाऊ आदेश

Banner

भारत, वैशाख २१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसी डकुमेन्ट्रीको विषयमा दिल्लीको रोहिणी अदालतले बुधवार बीबीसीलाई कारण देखाऊ आदेश पठाएको छ ।

अदालतले बीबीसीलाई पठाएको कारण देखाऊ आदेशमा ३० दिनभित्र लिखित जवाफ दिन भनेको छ । यो आदेश झारखण्डमा भाजपा नेता विनय कुमार सिंहले दर्ता गरेको मानहानि मुद्दाको सुनुवाइका क्रममा पठाइएको हो ।

घटनाको अर्को सुनुवाइ ११ मेमा हुँदै छ । अदालतले विकिपिडियालाई वित्त पोषण गर्ने विकिमिडिया फाउन्डेसन र अमेरिकाको डिजिटल लाइब्रेरी इन्टरनेट आर्काइभलाई पनि सूचना पठाएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘बीबीसीले कारण देखाऊ आदेश जारी भएको ३० दिनभित्र आफ्नो लिखित जवाफ दिनुपर्नेछ ।’ विनय कुमार सिंहले बीबीसीको डकुमेन्ट्रीले राष्ट्रिय स्वयंसेवक सङ्घ र विश्व हिन्दु परिषद्को मानहानि भएको बताएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बीबीसीको डकुमेन्ट्रीबारे भनेका थिए, ‘मलाई यो स्पष्ट गर्न दिनुहोस् कि हाम्रो विचारमा यो एक प्रोपोगान्डा पिस हो । यसको उद्देश्य एक प्रकारले कथालाई पेस गर्नु हो जसलाई मानिसहरूले पहिला नै अस्वीकार गरिसकेका छन् । यो फिल्म वा डकुमेन्ट्री बनाउने एजेन्सी र व्यक्ति यही कथालाई दोहोराउन चाहन्छन् ।’

यसबारे बीबीसीले भनेको थियो, ‘बीबीसी विश्वभरिको महत्त्वपूर्ण मुद्दामाथि प्रकाश पार्नका लागि प्रतिबद्ध छ । यो डकुमेन्ट्रीले भारतका बहुसङ्ख्यक हिन्दु र अल्पसङ्ख्यक मुसलमानको तनावको अनुसन्धान गर्छ र यस तनावको प्रकाशमा प्रधानमन्त्री मोदीको राजनीतिमाथि निगरानी गर्छ ।’

बीबीसीले थप्यो, ‘यो डकुमेन्ट्रीका लागि उच्चतम सम्पादकीय मापदण्डको पालना गर्दै गहन अनुसन्धान गरिएको छ । यसका लागि साक्षी, विश्लेषक र सर्वसाधारणसँग कुराकानी गरिएको छ । यसमा बिजेपीका मानिस पनि समावेश छन् । हामीले भारत सरकारलाई यो डकुमेन्ट्रीमा उठेको मुद्दामाथि आफ्नो पक्ष राख्ने अवसर दिएका थियौँ तर उनीहरुले यसको जवाफ दिन चाहेनन् ।’ एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>