चितवन विशेष

भरतपुरकी मेयर दाहालले भनिन्: रोजगारीका लागि यस वर्ष दुई हजार जनालाई निःशुल्क तालिम दिन्छौं

Banner

चितवन, वैशाख २०-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको पहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् ।

भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाइकटाइ तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रममा प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाइरहेको प्रमुख दाहालले बताइन् ।

वडाबाट दैनिकरुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष दुई हजार जनालाई निःशुल्क तालिम दिन लागेको जानकारी दिइन् ।

मागको आधारमा हुने तालिमको लागि एक हजार २०० जनाको आवेदन परेको र तालिम दिने अन्तिम तयारी भइरहेको उनको भनाइ थियो ।

मेयर दाहालले भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल तथा विभिन्न ठूला अस्पताल निर्माण हुँदा हजारौको संख्यामा रोजगारी सिर्जना हुने बताइन् । ठूला ठूला परियोजना सम्पन्न भएसँगै दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले अहिलेबाट मागको आधारमा सबैखाले तालिम दिइरहेको प्रमुख दाहालले दाबी गरिन् ।

भरतपुर महानगरपालिका–१५ ले २७ वटा टोल विकास संस्थाबाट तीन जनाको दरले छनोट गरी सिलाइ र ड्राईभिङको तालिम दिइएको थियो भने सिलाइकटाइ मेशिन पनि हस्तान्तरण गरिएको थियो । भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटाले हस्तान्तरण भएको सिलाइ मेशिनमार्फत् थप रोजगारी सिर्जना गर्न प्रशिक्षार्थीलाई आग्रह गरिन् । सिप सिके कुनै पनि ठाउँमा राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>