चितवन विशेष
चितवनका व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा मृत भेटिए
०

चितवन,बैशाख १९-
चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यवसायिक अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।
उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनि चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























