चितवन विशेष

वीरेन्द्र क्याम्पसको ऐतिहासिक पुस्तक ‘ऐतिहासिक दिग्दर्शन–२०८०’ सार्वजनिक

Banner

चितवन, वैशाख १६

वीरेन्द्र बहुमुखी क्याम्पसको ऐतिहासिक पुस्तक ‘ऐतिहासिक दिग्दर्शन–२०८० सार्वजनिक भएको छ ।

शुक्रबार क्याम्पस परिसरमा गरी ५८ स्थापना दिवसको अवसरमा सो पुस्तक सार्वजनिक गरेको हो । वीरेन्द्र बहुमुखी क्याम्पस एल्मुनाइ एशोसिएसनको सहयोगमा प्रकाशन गरिएको उक्त पुस्तकलाई उद्योग वाणिज्य संघ चितवनका संस्थापक तथा वीरेन्द्र क्याम्पस एल्मुनाइका सदस्य केएल भुषणले विमोचन गरेका थिए ।

भुषणले वीरेन्द्रलाई स्थापना दिवसको शुभकामना तथा उज्जवल भविष्यको कामना गदै आगामी दिनमा अझै अगाडि बढ्न शुभकामना दिएका छन् । यस्तै क्याम्पस प्रमुख तथा एल्मुनाई संरक्षक दयाराम पौडेलले कार्यक्रममा २०२२ साल वैशाखबाट स्थापना काल सुरु भएको वीरेन्द्र क्याम्पस पछिल्लो समय काठमाडौँ भ्याली बाहिरको सबै भन्दा उत्कृष्ट क्याम्पस भएको जानकारी दिदै अहिले क्याम्पसमा ६ हजार २६२ विद्यर्थीले अध्ययन गर्दै आएको बताए । उनका अनुसार  वीरेन्द्रमा पछिल्लो समयमा विद्यार्थीको केही संख्या घट्दै गएको छ ।

पछिल्लो समय विद्यार्थी १२ पास गरेपछि पढ्न विदेश जाने कार्य बढ्दा क्याम्पसमा विद्यर्थी घट्ने गरेको उनको भनाइ छ । क्याम्पसले आफूनो स्थापना दिवसको अवसरका पूर्व तथा निवर्तमान क्याम्पस प्रमुख, शिक्षक, सहित्यकार गरी ३७ जनालाई सममान समेत गरेको छ । त्यस्तै वीरेन्द्र बहुमुखी क्याम्पस एल्मुनाइ एसोसिएसनको आयोजना सञ्चालन भएको उक्त कार्यक्रममा साहित्यकार तथा गौँडाकोट नगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, एल्मुनाइ एशोसिएसनका अध्यक्ष बाबुराम घिमिरे, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, रत्ननगर वडा प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, क्याम्पसकी पूर्वशिक्षिका तथा साहित्यकार गायत्री क्षेष्ठलगायतले शुभकामना दिएका थिए । पूर्वक्याम्पस प्रमुख, शिक्षक, निवर्तमान क्याम्पस प्रमुख, शिक्षक, विद्यार्थी सहित्यकार गरी ६० जनाको उपस्थिति रहेको शुभकामना आदानप्रदान तथा विमोचन कार्यक्रमलाई एशोसिएसनका उपाध्यक्ष केशवभक्त सापकोटाले समापन गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>