खेलकुद

एसीसी प्रिमियर कप–फाइनलमा प्रवेश गर्न आज कुवेतसँग भिड्दै नेपाल

Banner

काठमाडौं, वैशाख १६–

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइलमा आज घरेलु टोली नेपाल र कुवेत भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।

नेपालले समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह ए को विजेताका रूपमा अन्तिम चारमा पुगेको थियो।

कुवेत भने हङकङलाइ हराउँदै समूह बीको उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाल कुवेतलई हराउँदै फाइनल खेल्न चाहन्छ। यता कुवेत पनि उपाधि दाबेदार नेपाललाई हराउँदै उपाधिनजिक पुग्न चाहन्छ।

आजै हुने पहिलो सेमिफाइनल समूह बी को विजेता यूएई र समूह ए को उपविजेता ओमान खेल्दै छन्। खेल मूलपानी मैदानमा हुनेछ। यूएई र ओमानबीचको खेलपछि मूलपानी मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाउनेछ।

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।

आज पानी परेको अवस्थामा डीएल मेथडका आधारमा नतिजा निकालिनेछ। यो मेथडमा दोस्रो ब्याटिङ गर्ने टोलीले २० ओभर खेलेको हुनुपर्नेछ। खेल नै हुन नसकेको अवस्थामा वा दोस्रो टोलीले २० ओभर ब्याटिङ गरेको छैन भने सुपर ओभरबाट नतिजा निकालिनेछ।

सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ। दोस्रो सुपर ओभर पनि टाई भएमा वा सुपर ओभर नै हुन नसकेमा समूह चरणका विजेताले फाइनल खेल्नेछन्। त्यस्तो अवस्था आएमा नेपाल र यूएईले फाइनल खेल्नेछन्। फाइनलमा खेल सोमबारका लागि तय गरिएको छ। सोमबार खेल हुन नसके मंगलबार खेलाइनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>