समाचार

माइतीघर मण्डलाको सडकमै सुते वैज्ञानिक महाविर पुन

Banner

चितवन, वैशाख १६–

विभिन्न चार बुँदे माग राखेर आन्दोलन थालेका वैज्ञानिक महाविर पुन माइतीघर मण्डलाको सडकमै रातभर बास बसेका छन् । उनलाई सघाउन केहि युवाहरु पनि सडकमै सुतेका थिए ।

अनुसन्धान, नवप्रबर्तन र आविष्कारमा तीन तहकै सरकारले एक प्रतिशत बजेट छुट्याउनुपर्ने लगायतका माग राखेर उनले आन्दोलन थालेका हुन् ।
राति सडकमै सुतेर उठेपछिको फोटो फेसबुकमा राख्दै पुनले सरकारलाई मज्जाले सुत्न दिइरहन भनेका छन् ।

‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ । जनताहरु सुति रहनु होस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस् । के त होला र ? केहि चिन्ता । हद भए यहि नेपाल त जाला । पृथ्वी त रहि रहन्छ नि’, उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>