Breaking News

चितवनका दुई कम्पनीलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु

Banner

चितवन, वैशाख १४-

सरकारले चितवनका दुईसहित थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुनः ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा पर्ने छन् ।

चितवनबाट कालो सूचीमा पर्न लागेका दुई कम्पनीमा भरतपुर महानगरपालिका–११ को नताशा निर्माण सेवा र भरतपुर–११ कै थाक थिनी इन्जिनियरिङ एण्ड कन्सट्रक्सन प्रालि रहेका छन् । नताशाको सञ्चालक ईश्वर रिमाल हुन् भने थाक ठिनीका मुख्य व्यक्ति राकेश थकाली हुन् । दुवै कम्पनीलाई पूर्वाधार विकास कार्यालय ललितपुर र गैँडाकोट नगरपालिकाले कालो सूचीमा राख्न सिफारिस गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>