समाचार

तनहुँमा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि, गोविन्द भट्टराई दोस्रो

Banner

तनहुँ, वैशाख ११–

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>