चितवन विशेष

मतपत्र च्यात्न नसक्ने गरी चितवन–२ को मतगणना स्थलमा फलामे तारबार गरियो

Banner

चितवन–२, वैशाख १०-

चितवन–२ को आज सम्पन्न हुने उपनिर्वाचनको मतगणना स्थललाई फलामे तारबार गरिएको छ ।

चितवनमा २०७४ सालको स्थानीय निर्वाचनमा मतपत्र च्यातिएको घटनाबाट शिक्षा लिँदै त्यस्तो हुन नसक्ने गरी मतगणनस्थलमा फलामे तारबार गरिएको हो ।

चितवन–२ को मतगणना भरतपुर–१० स्थित प्रदर्शनी केन्द्रमा हुनेछ । मतगणना हुने ठाउँमा सीसी क्यामरासहित फलामे तारबार गरिएको छ । अहिले साँझ ५ बजे मतदान प्रक्रिया सकिँदै छ । मतदान सकिएपछि मतपत्र संकलनको काम हुनेछ । सकभर आजै रातिबाट मतगणना सुरू गर्ने तयारी छ । चितवनको इच्छाकामना र कालिकाको विकट पहाडी क्षेत्र पनि यस निर्वाचन क्षेत्रमा पर्ने भएकोले मतपत्र भरतपुर आइपुग्न केही समय लाग्ने देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>