Breaking News

दिउँसो १ बजेसम्ममा चितवन २ मा ४२ प्रतिशत मत खस्यो

Banner

चितवन, वैशाख १०-

चितवन क्षेत्र नं २ मा मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार दिउँसो १ बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ।

नयाँ किरण माविमा रोकिएको मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको चितवन २ का उम्मेदवार रवि लामिछाने मतदान स्थलको निरीक्षणका क्रममा नयाँ किरण मावि पुग्दा नाराबाजी भएपछि मतदान केहि बेर रोकिएको हो ।

चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एक लाख २४ हजार ६९५ मतदाता रहेको यस क्षेत्रमा भरतपुर महानगरका १० वता वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>