कञ्चनपुर

नरभक्षी बाघ नियन्त्रणमा

Banner

धनगढी, वैशाख ९–

कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालाबाट शनिबार बाघलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीप शाहका अनुसार नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने भएको छ ।

शुक्रबार घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाई सो बाघले आक्रमण गरेको थियो । चन्दको अवस्था अझैँ अज्ञात रहेको प्रहरी निरीक्षक शाहले जनाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>